मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज नेप्से १५ दशमलव ७९ अङ्कले बढ्यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ ।

विभिन्न तीन सय १६ कम्पनीका ११ लाख ६६ हजार एक हजार दुई सय आठ कित्ता शेयर रु पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार आठ सय ८५ मा कारोबार भएको छ ।

आजको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नौ दशमलव १५ प्रतिशतले बढेको छ ।

त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२को शेयर मूल्य पाँच दशमलव ४७, नेपाल फाइनान्सको चार प्रतिशत, बोटलर्स नेपाल’बालाजु’को शेयर मूल्य तीन दशमलव ९० प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?