काठमाडौँ – सहज रूपमा पाइने दुबो धार्मिक कार्यमा प्रयोग गरिन्छ । यस्तै यसको औषधीय गुण पनि धेरै छ।
धेरै रोगको उपचारमा प्रयोग हुने हुँदा यसलाई दुबोलाई बहुगुणीय जडीबुटीको रूपमा चिन्ने गरिन्छ । तर के तपाईँलाई थाहा छ ? यो औषधीको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
आर्युवेदमा उल्लेख गरिएअनुसार दुबोलाई कसरी औषधिका रूपमा प्रयोग गर्न सकिन्छ जानौँ ।
– आयुर्वेदअनुसार ४०–५० ग्राम दुबोलाई कुटपिस गरी मिस्री पानीमा मिलाई ४५ दिनसम्म सेवन गर्नाले पिसाब थैलीको पत्थरी जाने मान्यता छ ।
– २–३ चम्चा दुबोको रसलाई दूधमा मिलाएर दिनको दुई तीन पटक पिउनाले पिसाब पोल्ने समस्या हट्छ । पिसाब राम्रोसँग खुलेर आउँछ ।
– त्यस्तै दुबोको कलिला पातलाई पिँधेर २–३ थोपाको दरले नाकमा राख्नाले नाथ्री फुटेमा आराम मिल्छ । साथै नाकबाट रगत आउन छोड्छ ।
– चार चम्चा दुबोको रसमा मिस्री मिलाई पिउनाले छाती पोलेको ठिक हुन्छ ।
– काटेर रगत बगिरहेको घाउमा केही मात्रामा दुबोका पातलाई मसिनो गरी पिसेर लेप लगाउँदा घाउबाट रगत बग्न छोड्छ । घाउ चाँडै निको हुन्छ ।
– दुबोका कलिला पातलाई मेथीसँग मिलाएर पिसेर पिलो आएको ठाउँ वरिपरि लगाउनाले ठिक हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया