काठमाडौँ – साइबर सुरक्षाको कारण देखाउँदै माइक्रोसफ्टले चीनमा रहेका आफ्ना कर्मचारीहरूलाई आइफोन प्रयोग गर्न निर्देशन दिएको छ।
यसलाई कम्पनीले आफ्नो ‘ग्लोबल सेक्योर फ्युचर इनिसिएसन’को एक हिस्सा समेत बताएको छ। माइक्रोसफ्टले एन्ड्रोइड उपकरणहरूमा आफ्नो कर्पोरेट प्लेटफर्म पहुँचबाटै रोक लगाउने जनाएको छ।
कर्मचारीहरूले आगामी सेप्टेम्बरबाट काममा आफ्नो आइडी भेरिफिकेसनको लागि एप्पलको उपकरण प्रयोग गर्नुपर्ने हुन्छ। कुनै पनि एन्ड्रोइड स्मार्टफोन वा अन्य उपकरण चलाउन निषेध गरिएको छ।
चीनमा कुनै पनि गुगल मोबाइल सेवाहरू उपलब्ध छैन। यहाँ गुगल प्ले चल्दैन। यसकारण आवश्यक एप लगायत सेवा उपलब्ध गराउन आइओएस आवश्यक रहेको माइक्रोसफ्टले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया