काठमाडौँ – कुनै समयका चर्चित अभिनेत्री अरुणिमा लम्साल, विपना थापा र रेजिना उप्रेती एक दशकपछि यस वर्ष पर्दामा देखिँदै छन् ।
पछिल्लो समय एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री उप्रेतीले हालै ‘मोदिबेनी’ नामक चलचित्रमा अभिनय गरेकी छिन् । यसपटक उनले मुख्य भूमिकामा अभिनय गरेकी छिन् ।
त्यस्तै पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएकी अभिनेत्री लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृंखलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दै छिन् । उनले छायांकन गर्न तयार गरिएको ‘सेट’ मा फर्किँदा महसुस भएको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने बताइन् ।
विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढ्नुका साथै कथ्य शैलीमा परिवर्तन आएपछि उप्रेतीले फिल्मबाट दूरी बनाउँदा लम्साल अमेरिका बसाइँका कारण अभिनयमा थिइनन् ।
यता यसै वर्ष प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री थापा झन्डै चौध वर्षपछि अभिनयमा फर्किएकी छिन् । पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । छोरा हुर्किएपछि काममा फर्किएकी हुँ ।
यी अभिनेत्रीहरू अभिनयमा ‘कमब्याक’ त गरे तर निरन्तरता दिन्छन् वा दिँदैनन् भन्ने प्रश्नको जवाफ उनीहरूसँग पनि छैन । कुनै बेला धेरै नेपाली दर्शकले रुचाएझैँ फेरि त्यही अवस्था रहन्छ वा रहन्न भन्ने प्रश्न पनि अनुत्तरित नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया