काठमाडौँ –अब त्रिभुवन विश्वविद्यालयका उपकुलपति भेट्नका लागि क्युआर कोडमार्फत अग्रिम समय लिनु पर्ने भएको छ ।
त्रिविले सूचना नै जारी गरेर अब उपकुलपति प्रा।डा।केशरजंग बराललाई भेट्नका लागि क्युआर कोडमार्फत समय लिनु पर्ने जनाएको हो ।
सोमबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालयका विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका विविध विषयमा छलफल गर्न उपकुलपतिलाई प्रत्यक्ष भेट्नुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि तल उल्लिखित क्युआर प्रयोग गरी अग्रिम समय लिनु हुन अनुरोध छ ।’
यता, प्रत्यक्ष उपकुलपति बरालसँग अथवा उनका स्वकीय सचिव सरोज जी तन्डुकारमार्फत समय लिन सकिने त्रिविका सूचना अधिकारी भिमबहादुर श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया