मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाढी पहिरोको वितण्डा : अझै १९ ठाउँमा सडक पूर्ण अवरुद्ध

काठमाडौँ –  शुक्रबार र शनिबारको लगातारको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भयो । 

राजमार्ग अवरुद्ध बने भने ठूला नदिमा पानीको बहावले खतराको तह पार गर्दा छेउछाउका बस्ती जोखिममा परे । त्यस्तै हजारौँ विस्थापित हुँदा संघीय राजधानी काठमाडौँमै पनि वितण्डा मच्चियो । 

यो वर्षको मनसुन सुरु भए यता बाढी, पहिरो लगायतका विपद्मा ७४ जनाको मृत्यु भएको छ। यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनी प्रदेशमा १८र१८ जना, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ४र४ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ। 

विपदमा ५ जना बेपत्ता भएका छन् भने ८८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन्।

यसैबीच जेठ २८ यता सडक क्षेत्रमा मात्रै ९८ करोडभन्दा बढीको क्षति भएको छ सडक विभागले जनाएको छ । विभागका अनुसार अझै पनि १९ ठाउँका सडक पूर्ण रूपमा अवरुद्ध छन्।

सडक विभागका अनुसार सङ्खुवासभा, लमजुङ, गुल्मी, स्याङ्जा, सिन्धुपाल्चोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका हुन्। यस्तै ११० ठाउँका सडक एकतर्फी रूपमा सञ्चालनमा छन्।

बाढी, पहिरो र डुबानले सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?