मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ड्रागन फ्रुटको सेवन गर्नुहोस् यी रोग  भाग्छन् टाढा

ड्रागन फ्रुटको सेवन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा हुने पोषक तत्त्वले शरीरका विभिन्न रोग पनि भगाउँछ । यसबाट हुने फाइदा बारे जानौँ ।

–ड्रागन फ्रुटमा भिटामिन सी, एन्टीअक्सीडेन्ट्स, पोलीअनसेचुरेटेड फ्याटी एसिड, क्यारोटिन र प्रोटिन जस्ता पोषक तत्त्वहरू पाइन्छन् । जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

–ड्रागन फ्रुटले कोलेस्ट्रोलको मात्रा कम गर्न सहयोग गर्छ । यसमा पाइने ओमेगा–३ फ्याटी एसिडले शरीरको बोसो तथा ओमेगा ६ ले कोलेस्ट्रोललाई घटाउँछ ।

–ड्रागन फ्रुट पेटका लागि पनि फाइदाजनक हुन्छ । यसमा फाइबर हुन्छ जसले पेटसँग जोडिएका समस्या ठिक गर्छ । ड्रागन फ्रुट खाँदा पेटमा हुने अपच, ग्यास तथा कब्जियत जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

–ड्रागन फ्रुटले रगतमा सुगरको मात्रा पनि नियन्त्रणमा राख्ने काम गर्छ । यसमा क्यारोटिनाइड, थियोल, फाइबर र ग्लुकोसिनोलेट्स हुन्छ जसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ ।

–ड्रागन फ्रुट मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसमा हुने एन्टीअक्सीडेन्ट्स गुणले रक्तसञ्चारलाई राम्रो बनाउँछ । साथमा यसलाई नियमित खाँदा रक्तचापलाई पनि नियन्त्रण गर्न सकिन्छ ।

–ड्रागन फ्रुटले इम्युनिटी पनि बलियो बनाउँछ । यसमा हुने भिटामिन बी, आइरन, क्याल्सियम र नियासिन जस्ता पोषक तत्त्वहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?