मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘इट्स माइ शो’ को विवादित क्लिप प्रेस काउन्सिलको निर्देशनपछि हटाइयो

काठमाडौँ – प्रेस काउन्सिल नेपालको निर्देशनपछि कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘इट्स माई शो’ को विवादित क्लिपलाई हटाइएको छ । चर्चित कलाकारलाई मुछेर कान्तिपुर टिभिले दुई साता अघि प्रसारित सामाग्री काउन्सिलकाे निर्देशनपछि हटाइएको हाे।

उक्त टिभिको इट्स माइ सोमा दुई साता अघि प्रसारित सामाग्री विवादमा तानिएपछि सामाजिक सञ्जालभरि विवादित बनेको थियो । त्यसलगत्तै टिभिले विभिन्न कलाकारको नाम एक अर्कालाई जोडेर प्रसारित आपत्तिजनक अभिव्यक्ति हटाएको छ ।
ती सामाग्री आपत्तिजनक र तथ्यहीन भन्दै अभिनेत्री जसीता गुरुङसहितले चर्को विरोध गरेका थिए ।

प्रेस काउन्सिल नेपालले उक्त शो सार्वजनिक भएलगत्तै स्वअनुगमन गरेर त्यसबारे प्रष्ट पार्न २४ घण्टे पुर्जी काटेको थियो । टिभिले दिएको लिखित जवाफ चित्त नबुझेर काउन्सिलले प्रस्तोता ओसिन सिटौलासहितलाई लगत्तै बयानका लागि कार्यालयमै बोलाएको थियो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको उपस्थितिमा टिभिको टोलीले नै त्यस्ता प्रसंग आएकोमा माफी मागेको थियो । प्रेस काउन्सिलले त्यस्ता विवादास्पद सामाग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युव च्यानलसहित माध्यममा गराउन लिखित निर्देशन दिएको थियो ।

प्रेस काउन्सिल समक्ष प्रस्तोता सिटौलाले व्यक्तिगत लाञ्छना लगाउने, आचारसंहिता विपरित हुने गरी आफूले कुनै काम नगर्ने प्रतिवद्धता जनाएकी थिइन् । यो प्रकरण काउन्सिलमा विचाराधिन रहेकाले थप कारवाही के हुन्छ भन्ने खुलेको छैन ।

प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिता विपरितका सामाग्री, हुबहु कपी गरी दिएका सामाग्री र बार्गेनिंग गरेका मुद्धामा सक्रियता देखाइरहेको छ ।

यसअघि सिधाकुरा, नेपालआज, दैनिकी, फरकधारसहित ३ दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कडा कारवाही गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?