मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रुस र अस्ट्रियाको तीन दिने भ्रमणमा निस्के मोदी

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । सोमबार रुस र अस्ट्रियाको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका मोदीले यस क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन् ।

यस क्रममा प्रधानमन्त्री मोदीले २२औं भारत-रुस वार्षिक सम्मेलनमा भाग लिनेछन्, जहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदीले जुलाई ९ र १० मा अस्ट्रियाको भ्रमण गर्ने छन् । मोदीको अस्ट्रिया भ्रमण पनि ऐतिहासिक छ किनभने ४१ वर्षपछि यहाँ भारतीय प्रधानमन्त्री आपुग्दैछन । तेस्रो पटक सत्ता सम्हालेपछि मोदीको यो पहिलो रुस भ्रमण हो र उनको पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो ।

मोदीको रुस भ्रमण धेरै हिसाबले महत्वपूर्ण छ । एकातिर रुसको चीनसँग बढ्दो निकटता र अर्कोतिर रुस विरोधी मानिने सैन्य समूह नाटोको बैठक चलिरहेका बेला मोदीको रुस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?