मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महाकाली नदीको बहावले खतराको तह नाघ्यो, खोलिए शारदा ब्यारेजका सबै ढोका

काठमाडौँ – अविरल वर्षापछि महाकाली नदीको बहावले खतराको तह नाघेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीमा पानीको बहाव दुई लाख ४० हजार क्युसेक नाघेको छ । यसले जोखिम उच्च भएपछि भारतले शारदा ब्यारेजको सबै ढोका खोलिदिएको हो । 

जोशीका अनुसार शनिबार आधार भन्दा बढी ढोका खोलिएकोमा आइतबार बहाव बढेपछि सबै ढोका खोलिएका हुन् ।

महाकाली नदीका नेपाल तर्फका सबै ढोका खोलिएपछि राति तटीय क्षेत्रमा बाढी बस्तीतिर पसेको थियो तर अहिले बहाव घट्दो क्रममा रहेकाले जोखिम कम भएको प्रहरीले जनाएको छ ।

नदी थुनिदा भंगालोमा फसेका ४० परिवारका एक सय जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?