मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् महका फाइदा

मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हो । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ । 

यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसको अलावा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुचि बढाउन होस् वा खोकी कब्जियतजस्ता रोग निको पार्न यो उत्तिकै उपयोगी मानिन्छ ।

गाउँघरमा पाइने शुद्ध महले औषधिको काम गर्छ । महले थकान कम गर्छ । अत्यधिक गर्मीको बेला मह खाएपछि तातोपानी, दही वा चिनी कफी खानु हुँदैन । दैनिक एक देखि दुई चम्चा मह मनतातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मानिन्छ ।

– एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियमलगायत हाम्रो शरीरलाई आवश्यक तत्व महमा पाउन सकिन्छ । 

– नियमित मह खाने मानिसमा एलर्जीको समस्या कम हुन सक्छ ।

– मह खानाले रुघाखोकीको समस्या ठिक हुन्छ ।

– घाँटीसम्बन्धी विभिन्न समस्यासमेत मह खाएमा समाधान हुन्छ ।

– नियमित मह खाएमा मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।

– महको सेवनले एलर्जी र थकानबाट छुटकारा पाउन सकिन्छ ।

– स्टामिना तथा फर्टिलिटी बढाउन महको सेवन गर्नु उपयुक्त हुन्छ ।

– मह खाने मानिसलाई भरपुर निद्रा लाग्ने गर्छ ।

– चोटपटक तथा घाउ ठिक गर्नसमेत महले फाइदा पुर्‍याउँछ ।

– छाला तथा कपालको स्वास्थ्यका लागि समेत मह महत्वपूर्ण छ ।

– मह खाएमा कोलेस्ट्रोल कम गर्न मद्दत पुग्छ ।

– अल्सर तथा क्यान्सरबाट बच्नसमेत महले सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?