मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरबाट झिँगा कसरी हटाउने ? 

काठमाडौँ– यो गर्मीको महिनामा प्राय धेरै घरमा झिँगा आउने गर्छन् । झिँगाले खानेकुरालाई दूषित बनाइदिन्छ । गर्मीमा रोग सार्ने माध्यम पनि  झिँगा हो । त्यसैले झिँगालाई कसरी फैलन नदिने भन्नेमा हामी सधैँ चिन्तित हुने हुन्छौ ।

झिँगा एक प्रकारको किरा हो । यो विश्वका सबै स्थानहरूमा पाइन्छ। झिँगा फोहर ठाउँमा बस्ने हुनाले यसले विभिन्न प्रकारका सङ्क्रमित रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने गर्दछ ।

त्यसको लागि यी उपायहरू अपनाउनुहोस् ..

– फोहोरको थुप्रो, जमेको पानी भएको ठाउँमा सजिलै झिँगा फैलिन्छ । त्यसैले झिँगाबाट मुक्त हुने पहिलो उपाय भनेको घर आसपास सरसफाइ गर्नु नै हो ।

– घरमा बासी, कुहिएको, सडेको खानेकुरा राख्नु हुँदैन र सफा खानेकुरा छोपेर राख्नुपर्छ ।

– एउटा पारदर्शी प्लास्टिकमा आधा पानी भरेर घरको  मूल ढोकामा वा भित्र पस्ने ठाउँमा, झ्यालको आसपासमा झुन्ड्याउने । यसमा परावर्तन हुने प्रकाशबाट पनि झिँगा भाग्छ ।

–  कपासमा गन्ध भएको तेल भिजाएर भित्र-बाहिर गर्ने मूल ढोका, झ्यालको छेउमा राख्नुपर्छ । यसले पनि झिँगा भगाउन सकिन्छ ।

– ढोका सधैँ बन्द गर्ने ।

– स्प्रे बोतलमा थोरै धुलो खोर्सानी पाउडर छर्किँदा पनि घरमा झिँगा आउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?