काठमाडौं – आज २०८१ साल असार २४ गते सोमबार सन् २०२४ जुलाई ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
लगातार बढेको बेलायती पाउण्डको खरिदले १७० नाघ्दा र बिक्री दर १७१ दशमलव ५० रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर स्थिर छ । कतारी रियालको खरिद दर स्थित छ भने बिक्रीदर घटेको छ । आजका लागि यूरोको विनिमयदर सामान्य अंकमा बढेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ७३ पैसा र बिक्री दर १७१ रुपैयाँ ५० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया