मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किसानलाई अनुदानमा कफीका नौ हजार विरुवा

त्रिशूली ‘नुवाकोट’ – बेलकोटगढी नगरपालिकाले किसानको मागको आधारमा नौ हजार कफीको विरुवा उपलब्ध गराएको छ । कूल ५० प्रतिशत अनुदानमा कफीका विरुवा वितरण गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख डा. अञ्जु शर्मा चापागाईले जानकारी दिए ।

उनको अनुसार कफी उत्पादनका लागि अनुकुलित हावापानी र भूगोल भएका स्थानका किसानलाई लक्षित गरेर कफीको विरुवा अनुदानमा उपलब्ध गराइएको हो । किसानलाई प्रतिविरुवा रु १५ मात्रै पर्ने गरी कफीको विरुवा उपलब्ध गराइएको हो । शाखा प्रमुख चापागाईले भने, “विरुवा माग गरेका किसान र कृषि फर्मसम्म नै नगरपालिकाबाट निःशुल्क ढुवानी गरिएको छ ।”

हावापानी अनुकुल अनुसार अरबिकाको बोरबन जातको कफीको विरुवा उपलब्ध गराइएको आर्थिक विकास शाखाका कृषि प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिए । उक्त विरुवाले तीन वर्षपछि फल दिन सुरु गर्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले कफीको विरुवाका लागि सुहाउँदो हावापानीका आधारमा किसानसँग माग गरेको निवेदन अनुसार विशेष गरेर नगरको वडा नंं १, २, ११ र १३ का किसान र कृषि फर्मबाट बढी माग भएकाले सोही स्थानमा धेरै विरुवा उपलब्ध गराइएको जनाएको छ । ती स्थानमा यसअघि देखि नै किसानले व्यावसायिक रुपमा कफी खेती गर्दै आएका थिए ।

किसानहरुले कफीको व्यावसायिक खेती सुरु गरेसगैँ उनीहरुलाई सहयोग गर्न नगरपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरेर किसानलाई कफीको विरुवा अनुदानमा उपलब्ध गराइएको नगरप्रमुख जगतबहादुर गुरुङले बताए ।

नगरपालिकाबाट किसानलाई अन्य प्राविधिक सहयोगहरु पनि निरन्तर रहने भएकाले व्यावसायिक रुपमा कफी खेती फस्टाउने उनले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?