मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रङ्गमञ्च

दयाहाङ राई र अनुप न्यौपानेको अन्तर्क्रियासँगै सम्पन्न भयो ‘म्याडफेस्ट २०२४’

काठमाडौँ– मण्डला थिएटरका पूर्व विद्यार्थीहरुले आयोजना गरेको रङ्ग महोत्सव ‘म्याडफेस्ट २०२४’ सम्पन्न भएको छ ।

अभिनेता दयाहाङ राई र ‘म्याडफेस्ट’का निर्देशक अनुप न्यौपानेबीचको अन्तरक्रियासँगै महोत्सव समापन गरिएको हो ।  दयाहाङ र अनुपबीच ‘टाइम, स्पेश एण्ड एक्सन’ शीर्षकमा रंगकर्मी केदार श्रेष्ठले छलफल गराएका हुन् ।

महोत्सवको अन्तिम दिन नाटक ‘मिरर’ र ‘अगम’ मञ्चन भएको थियो । त्यस्तै, ‘केही माया, केही विचारका कुरा : मिडिया र थिएटर’शीर्षकमा पनि अन्तरक्रिया सम्पन्न भयो । तीन दिन चलेको यो महोत्सवमा ६ निर्देशकका नाटक देखाइयो ।

महोत्सवको समापनमा मण्डलाका संस्थापकसमेत रहेका अभिनेता दयाहाङले यो संस्थालाई नयाँ पुस्ताबीच हस्तानतरण गर्ने भनाई राखेका छन् ।

‘मण्डला थिएटर हामीले संचालनमा ल्याएको १४ वर्ष भयो । अबको ११ वर्षपछि २५ वर्ष लाग्छ । संस्था परिवर्तन हुनलाई समय लाग्दो रहेछ । मलाई लाग्छ, अब ११ महोत्सवका निर्देशक अनुप न्यौपाने युवा रंगकर्मीको साथले नै यो ‘म्याडफेस्ट’ सम्भव बनेको बताउँछन् । ‘मनले काम गरियो भने झरिले पनि नरोक्ने रैछ, दर्शकहरुको यस्तो माहौल देखेर हामी आफै उत्साहित भएका छौँ । जसरी दर्शकहरुको माया र प्रतिकृया पाइरहेका छौँ हामीले फेरि फेरि पनि यस्ता महोत्सवहरु गरिरहनुपर्छ जस्तो लागेको छ,’ न्यौपानेले भने, ‘रमाइलो कुरा चाहि हामीसँग हाम्रो पुस्ता र नयाँ पुस्ताका साथीहरु मात्र हुनुहुन्छ तर जुन उचाई महोत्सवले पाइरहेको छ, एउटा परिपक्व महोत्सव बनेको छ।’ 

महोत्सवका संयोजक प्रेम सिलवालका अनुसार पुषदेखि यो महोत्सवको तयारी शुरु भएको हो ।

‘हामीले सोचेजस्तै महोत्सव भव्य रुपमा आयोजना गर्न सक्यौं । महोत्सवको उद्घाटनमा ४ सय दर्शकको उपस्थिति थियो,’सिलवालले भने, ‘यो महोत्सव गरिसकेपछि हामी युवाले आफ्ना लागि अवसर सिर्जना गर्न सक्छौं भन्ने महसुस गरेका छौं । भविष्यमा यो  महोत्सव अन्तर्राष्ट्रिय स्तरको बन्दै जानुपर्छ भन्ने लाग्छ ।’

उनका अनुसार महोत्सवका लागि १८ नाटक आवेदनमा परेको थियो । त्यसमध्येमा ६ नाटक छनौट भइ मञ्चनमा आएका हुन् । अधिकांश सोलाई हाउसफूल दर्शकले साथ दिएको उनी बताउँछन् ।

महोत्सव लगतै यी ६ नाटक १० दिन निरन्तर मञ्चनमा आउनेछन् । महोत्सवमा नाटक हेर्न छुटाएका दर्शकका लागि मञ्चन समय थपिएको उनी बताउँछन् । महोत्सवमा थुप्रै विषयमा अन्तरक्रियादेखि संगीत र कविताका कार्यक्रम आयोजना गरिएका छन् ।

यो महोत्सवमा रंगकर्मी संयोग गुरागाईंको लेखन तथा निर्देशनमा ‘रेल्वे टु नोव्हेर’, अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर,’ श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी, प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा,’ प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?