काठमाडौँ– शुक्रबारदेखि परिरहेको वर्षा भोलिदेखि रोकिने भएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनका अनसार न्यूनचापीय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने छ ।
तर पनि गण्डकी र कोशी प्रदेशमा वर्षा भइराख्ने महाशाखाले जनाइएको छ । भोलिदेखि नेपालमा मनसुन सक्रियतामा कमी आउने महाशाखाको सो बुलेटिनमा उल्लेख गरिएको छ । गण्डकी र कोशी प्रदेशमा केही दिन हल्का तथा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती, मधेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया