काठमाडौँ– अभिनेत्री वर्षा राउतले केही दिनअघि सामाजिक सञ्जालमा तस्वीर शेयर गरिन् । ती तस्वीरका आधारमा उनका फ्यानले वर्षालाई गर्भवती भएको आशंका गर्दै बधाई दिन थालेपछि उनले प्रतिक्रिया दिएकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमा कमेन्ट गर्दै आफू गर्भवती नभएको स्पष्ट पारेकी हुन् ।
वर्षाले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुलाई आफू गर्भवती नभएको स्पष्ट पारेकी हुन् । ‘कृपया सबैजना शान्त रहनुस्, म गर्भवती छैन,’ उनले सामाजिक सञ्जालमा आफ्नो पोस्टमा कमेन्ट गर्दै स्पष्टीकरण नै दिएकी छिन् ।
उनको पोस्टमा अर्की अभिनेत्री पूजा शर्माले ठट्यौली पारामा आफूले केही नगरेको भन्दै ‘लभ यु बूढी’ लेखेकी छिन् ।
सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीरका आधारमा फ्यानले उनलाई बधाई दिएका थिए । वर्षाले वि.सं. २०७५ सालमा अभिनेता सञ्जोग कोइरालासँग बिहे गरेकी थिइन् । उनीहरुले हालसम्म पनि सन्तानका बारेमा भने कुनै योजना बनाएका छैनन् ।
पछिल्लोपटक वर्षा फिल्म ‘महाजात्रा’ मा देखिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया