काठमाडौँ– लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ चार दिन अघिदेखि अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा विभिन्न समस्या आएपछि उनी चिरायु अस्पतालमा भर्ना भएकी हुन् ।
सामान्य ज्वरो आएपछि स्वास्थ्य परिक्षणका लागि अस्पताल पुगेकी जेरीलाई टन्सिल, छाती र ब्लडमा इन्फेक्सन, सुगर लगायतका समस्या देखिए पछि भर्ना भएको जनाइएको छ ।
उपचारपश्चात् उनको स्वास्थ्यमा सुधार आएको र केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, गायिकाहरू देवी घर्ती, राधिका हमाल, जुना श्रीसलगातका कलाकार उनलाई भेट्न अस्पताल पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया