मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘एफ फाइभ’ थिचेर रिफ्रेश गर्दा कम्प्युटरको क्षमता बढ्छ ? 

कम्प्युटर अन हुने बित्तिकै धेरैले रिफ्रेस गर्न शुरू  गर्दछन् । सायद तपाई पनि त्यसमा पर्नुहुन्छ होला । किनभने १० मध्ये ९ विन्डोज प्रयोगकर्ता डेस्कटप वा ल्यापटप खोल्ने बित्तिकै रिफ्रेश गर्दछन् ।

धेरैमा माउसलाई राइट क्लिक गरेर रिफ्रेश गर्ने बानी हुन्छ । कतिपय त लगातार यसो गर्दछन् । धेरैले रिफ्रेश देखासिकीकै भरमा गर्दछन् यसले कम्प्युटर फास्ट चल्ने उनीहरू सोच्दछन् । केही मानिसहरू कम्तीमा ३० सेकेन्डसम्म रिफ्रेश गरिरहन्छन् । तर यसरी गरिने रिफ्रेशले कम्प्युटरलाई केही असर हुन्छ कि हुँदैन होला ? तपाई थाहा छ ?

रिफ्रेश गर्दा कम्प्युटरमा के असर पर्छ ?

रिफ्रेश गर्दा डेस्कटपमा जुन आइकन हुन्छ त्यसमा केही हलचल पक्कै हुन्छ तर त्योभन्दा बढी केही पनि हुँदैन । यसले र्‍याम रिफ्रेश हुँदैन । रिफ्रेश गर्दा तपाईँको कम्प्युटर फास्ट पनि हुँदैन । डेस्कटप रिफ्रेश गर्दा कम्प्युटरको क्षमतामा वृद्धि पनि हुँदैन ।

त्यसो भए किन राखिन्छ रिफ्रेश बटन ?

रिफ्रेश टूल डेस्कटपको आइकनलाई रि–डिस्प्ले गर्नका लागि बनाइएको हो । यदि डेस्कटपको आइकनमा केही परिवर्तन गरियो भने त्यो तत्काल देखिँदैन । यस्तोमा जब रिफ्रेश गरिन्छ तब मात्र सबै आइकन डेस्कटपमा देखिन्छ । यस्तोमा जब रिफ्रेश गरिन्छ तब नयाँ आइकन सेट भएर डेक्सटपमा देखा पर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?