काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘माइली’ मा अभिनय गर्ने भएकी छिन् । फिल्मको लागि उनलाई निर्माण टोली अनुबन्धित पनि गरिसकेका छन् ।
फिल्मलाई निर्देशक बाबु साहेब बलामीले निर्देशन गर्ने भएका छन् । फिल्म असारको अन्तिमबाट फ्लोरमा जाने निर्माण टोलीले जनाएको छ ।
रूना इन्टरटेन्ट्मेन्टको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको यस फिल्ममा करिश्माको पोस्टर लुकसमेत सार्वजनिक भइसकेको छ । फिल्ममा यसअघि अभिनेत्री प्रियंका कार्की अनुबन्धित भइसकेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया