मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च , ४८ ढोका खोलिए

काठमाडौँ –  सप्तकोसीमा यो वर्षकै उच्च पानीको बहाव मापन भएको छ । पूर्वी पहाडी  जिल्लाहरूमा लगातार  परेको बर्सातका आइतबार सप्तकोसीमा पानीको बहाव प्रति सेकेन्ड  ३ लाख ४९ हजार ४ सय  क्युसेक  पुगेको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी  नबिनकृष्ण भण्डारीका अनुसार अहिले कोशी  ब्यारेजका ५६ मध्ये ४८ वटा मात्र ढोका खोलिएका छन् । सप्तकोशीमा प्रति सेकेन्ड एकलाख ५० हजार क्युसेक पानीको बहाव  पुगेपछि खतरा मानिन्छ । 

सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गर्दै प्रहरीबाट निगरानी बढाइएको छ ।  २०६५ भदौ–२ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो।

त्यति वेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानवबस्तीमा पसेको थियो। त्यति वेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?