मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुकुर पाल्दा स्वस्थ जीवन

काठमाडौँ – कुकुर घरपालुवा जनावरमध्ये धेरैको प्रिय बनेको छ। घर पुग्दा पुच्छर हल्लाउँदै ढोकासम्म आउने र पछ्याउने विशेषताले पनि धेरैले कुकुरलाई घरमा राख्न मन पराउँछन्।

यदि तपाईँको घरमा कुकुर छ वा कुकुर राख्ने विचार गर्दै हुनुहुन्छ भने तपाईँको लागि थप खुसीको कुरा छ। अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरूमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ।

उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो। यसबाहेक अन्य के फाइदा छ त ?

– तपाईँको कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउनाले तनाव घट्न गई खुसी बढ्छ। कुकरसँग खेल्नाले मस्तिष्कमा डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ, जुन खुसी र शान्तिसँग सम्बन्धित छ। 

– कुकुरसँग खेल्दै हुर्किने बालबालिकालाई लुतो तथा छालामा हुने एलर्जीले सताउने सम्भावना निकै कम हुन्छ।

– कुकुर पाल्ने व्यक्तिहरू नपाल्नेको तुलनामा रोगबाट चाँडै निको हुन्छन्। हृदयाघात भएका व्यक्तिहरूमध्ये कुकुर पाल्नेहरू पूरै निको हुने सम्भावना दुई गुणा हुने देखिएको छ।

–सुँघ्न सक्ने, हेर्न सक्ने र सुन्न सक्ने उच्च क्षमताका कारण कुकुरलाई बौद्धिक जनावरको रूपमा लिइन्छ। मानिसप्रतिको बफादारिताले पनि कुकुर मानिसको प्रिय बनेको छ। कुकुरले आफ्ना मालिकहरूको शरीरको भाषा, संवेदना र भावना राम्रोसँग बुझ्न सक्छ, जसले गर्दा एक अटुट बन्धन बन्छ।

तर, कतिपयले कुन जातको कुकुर पाल्ने भन्ने कुराको ज्ञान नलिई कुकुर पाल्न थाल्छन् । सानोमा कुकुर राम्रो लागे पनि ठूलो हुँदै गएपछि स्याहार गर्न सक्दैनन् र बाटोमा लगेर छाडिदिने गर्छन् ।

यस्तो हुँदा कुकुरले धेरै दुःख पाउँछ र कतिपय अवस्थामा भोकै त कतिपय अवस्थामा दुर्घटनामा परेर ज्यान गुमाइरहेका हुन्छन् ।

तपाईँले कुकुरको आवश्यक स्याहार गर्न सक्नुहुन्छ भने मात्रै पाल्दा हुन्छ । त्यसैले कुकुर पाल्नुअघि त्यसलाई आवश्यक वातावरण दिन सकिन्छ कि सकिँदैन भनेर तपाईँले सोच्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?