असारको महिना चलिरहँदा आजभोलि लगातार पानी परिरहेको छ । यसरी आकाशबाट परेको पानीमा साना बालबालिका तथा ठुलै व्यक्तिहरू पनि रुझ्न रुचाउँछन् ।
कोही पानी पर्ने समयमा छाता, रेनकोट नबोकेर बाधयताले भिज्छौ भने कोही रहरले नै पानीमा भिज्ने गर्छन् । र यसरी बर्सातमा भिजेकै कारण कयौँ पटक हामी बिरामी पनि परेका छौँ । रुघा खोकी ज्वरो जस्ता स्वास्थ्य समस्या देखिन सक्छ ।
बर्सातको पानीमा नुहाउनु शरीरका लागि फाइदाजनक हुन्छ भन्ने आम विश्वास पनि छ । धेरै जसो मानिसहरूमा वर्षातकको पानीमा भिज्न हुन्छ कि हुन्न भन्ने अन्यौलता देखिन्छ ।
कुरा के हो भने बर्सात भर्खरै शुरु भएको बेलामा पर्ने पानीमा सकेसम्म भिज्नु हुन्न । यसमा वातावरणमा रहेका प्रदूषणहरू वर्षाको पानीमा मिसिन्छन् । यसले गर्दा वर्षाको पानी अम्लीय बन्छ ।
यस्तो पानीले नुहाउँदा कपाल र छालालाई हानी हुन्छ । तर, एक–दुई हप्तासम्म पानी परिरहेको छ भने चाहिँ यस्तो पानी सफा भइसकेको हुन्छ । यस समयमा वर्षातकको पानीमा भिज्न सकिन्छ । तर, घण्टौँसम्म भने पानीमा भिज्नु हुँदैन ।
पानीमा भिज्दा केही सावधानी पनि अपनाउनु पर्छ । लामो समय पानीमा भिज्दा चायाँको समस्या आउन सक्छ । छाला रोग वा कपाल सम्बन्धी कुनै समस्या भएका व्यक्तिले पनि पानीमा भिज्नु हुँदैन । पानीमा भिज्दा कुनै समस्या भएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया