मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मौसम पूर्वानुमान : यी स्थानमा अति भारी वर्षाको चेतावनी

जोयनेपाल
793
Shares
s~rgk’/, @ sflQsM dxfsfnLsf] af9Ln] Iflt k’¥ofPsf] ;8s nuftf/sf] jiff{kl5 dxfsfnL gbLdf cfPsf] af9Ln] s~rgk’/sf] eLdbQ gu/kflnsf–!@ cf]bfnLl:yt lgdf0ff{wLg rf/ n]gsf] k’n;Fu} ag]sf] ^ n]gsf] ;8sdf k’¥ofPsf] Iflt . af9Ln] sfnf]kq] ul/Psf] ;8s aufpg’sf ;fy} t6Lo If]qdf hf]lvd a9]sf] 5 . tl:a/M z]/axfb’/ l;+x÷/f;;

काठमाडौँ – अहिले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ।

कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई  स्थानमा  हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ ।

यसैको प्रभाव आज दिउँसो  देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी  देखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ।  

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशको एक–दुई  स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी र  लुम्बिनी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?