मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँका खोला, नदी क्षेत्रमा पानीको सतह बढेसँगै प्रहरी गस्ती

काठमाडौँ – काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा पानीको सतह बढेसँगै प्रहरीले गस्ती गरिरहेको छ । अविरल वर्षाका कारण धेरै ठाउँमा डुबान भएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए।

उनले भने, “यहाँका खोला, नदीहरूमा पानीको सहत निकै बढेको छ, सम्भावित जोखिमलाई मध्यनजर गरेर अहिले पनि पेट्रोलिङ टोली खटिएको छ । सावधानी अपनाउन आग्रह गदछौँ ।”

काठमाडौँ उपत्यकास्थित वागमती, विष्णुमती र मनोहरा नदी सहतका खोलामा गएरातिदेखि प्रहरीले नियमित गस्ती तथा पट्रोलिङ गरिरहेका र उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेका सहायक प्रवक्ता बस्यालले बताए ।

बाढी पहिराेमा परी पाँचको मृत्यु, सातजना बेपत्ता

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण देशभर आएको बाढी पहिराेमा परी हालसम्म पाँचजनाको मृत्यु भएको छ । अहिलेसम्म सातजना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका गृह मन्त्रालयस्थित विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव विष्णु भुसालले जानकारी दिए ।

“पहिराेमा परी काठमाडौँ नागार्जुनमा एक, स्याङ्जामा दुई तथा पर्वतमा दुईजना गरी पाँचजनाको मृत्यु भएको छ भने सातजना बेपत्ता र १४ घाइते भएका छन् ”, उनले भने ।

यसैगरी, बाढीपहिराेका कारण बेपत्ता हुनेहरुमा तनहुँमा तीन, स्याङ्जामा एक, दाङमा एक, दोलखामा एकजना रहेका तथा घाइते हुनेहरूमा जाजरकोटमा एक, स्याङ्जामा सात, तनहुँ चार, ओखलढुङ्गा दुई जना रहेका सहसचिव भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?