तनहुँ – जङ्गलबाट ल्याएको च्याउ खाँदा आज तनहुँमा तीनजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्ती निवासी ६० वर्षीया लीलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएका हुन् ।
अनिताले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । बिरामी तीनै जनाको स्थानीय धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि मेट्रोसिटी अस्पताल पाल्पा पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया