मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरको कुन दिशामा कस्ता बिरुवा रोप्दा वास्तु दोष लाग्दैन ?

काठमाडौँ- अधिकांश घर वरिपरि विभिन्न प्रकारका फुलका बिरुवा लगाएको देखिन्छ । घर वरिपरि फूल तथा अन्य बिरुवा रोप्दा निकै सुन्दर देखिन्छ ।

तर यसरी रोपिएका फूल तथा अन्य वनस्पति बिरुवालाई घर वरिपरि सही दिशा मिलाएर रोपिएन भने यसले वास्तु दोष उत्पन्न गराउनुका साथै नकारात्मक उर्जा बढाउने विश्वास गरिन्छ ।

धार्मिक मान्यताअनुसार उत्तर दिशामा फूल, बिरुवा रोप्दा घरमा चर्म रोगबाट बचिन्छ । वास्तुमा उत्तर दिशालाई बुध ग्रहको दिशा मानिन्छ । यो दिशा खुला र हावायुक्त हुने भएकाले यो दिशामा हरियाली हुनु पर्दछ ।

उत्तर दिशा कुबेरको समेत स्थान मानिन्छ । त्यसैले यस दिशामा तुलसी, केराको बोट, सयपत्री फूलको बिरुवा रोप्नु राम्रो मानिन्छ ।

वास्तुशास्त्र अनुसार पूर्व दिशा सूर्य ग्रहको हुने गर्दछ । यस दिशामा हरियो घाँस, दुबो रोप्दा घरमा सूर्य देवको कृपा प्राप्त भई आत्मसम्मान, यश र आरोग्य जीवन प्राप्त हुने धार्मिक विश्वास छ ।

वास्तुअनुसार दक्षिण मङ्गलको दिशा हो । यस दिशामा रातो फूलका बिरुवा रोप्नु अत्यन्त शुभ मानिन्छ । यसो गर्दा घरमा कुनै पनि प्रकारको बाधा उत्पन्न नहुने र रक्त सम्बन्धी रोगबाट समेत मुक्ति पाइन्छ ।

घरको पश्चिम दिशा चन्द्रमाको दिशा मानिन्छ । यस दिशामा चमेली, इन्द्रकमल फूल, एलोवेराको बिरुवा रोप्नु पर्दछ । यसले घरको वातावरण शुद्ध गर्नुको साथै घरमा मानसिक विकार उत्पन्न हुन दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?