मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्षा लागेसँगै अन्नपूर्ण पदमार्गमा घटे पर्यटक

काठमाडौँ- पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन् ।

यहाँ दुई सय ५० को हाराहारीमा दैनिक पर्यटक आउने गरेकामा वर्षा सुरु हुन थालेपछि १५-२५ जना मात्र आउन थालेका मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ ।

वर्षा सुरु हुन लागेपछि यहाँ यतिबेला दैनिक १५ देखि २५ जनासम्म पर्यटक आउने गरेका केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताए।

उनले भने, ‘केही साताअघिसम्म दुई सय ५० जना आउने गरेकामा उक्त सङ्ख्याबाट घटेर दैनिक ४०-५० को हाराहारीमा आएको थियो । त्यो सङ्ख्या पनि घट्ने क्रममा छ ।’

मंगलबार पदमार्गका लागि नौ जना मात्र पर्यटक आएका गुरुङले जानकारी दिए। उनका अनुसार यो सङ्ख्या पनि अझै घट्दै पाँच-छ जनामा आउन सक्नेछ । भदौ लागेपछि पुनः पर्यटकीय चहलपहल सुरु हुने भन्दै भदौअघि पर्यटक आगमन कम हुँदै जाने उनको भनाइ छ ।

विगतमा यस पदमार्गमा दैनिक पाँच-छ सय पर्यटक आउने गर्दथे । कोरोना महामारीपश्चात् थलिएको यस क्षेत्रको पदमार्गमा महामारीपछि पुरानो गतिमा पर्यटक आगमन हुन सकेको छैन । विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल हुने यस पदमार्गमा पर्यटक घट्न थालेसँगै पदमार्गसँगै आसपासका होटल, रेष्टुरेन्टहरू समेत सुनसान हुन थालेका पर्यटन व्यवसायीको भनाइ छ ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेका पर्यटन व्यवसायी बाबुराम तामाङले पर्यटक आगमन भइरहँदा दैनिक ३०-४० हजार आम्दानी हुने भन्दै यतिबेला पर्यटक घट्दा पाँच–१० हजार मात्र हुने गरेको बताए । बर्खा लागेपछि झन आम्दानी ठप्प हुने उनको भनाइ छ ।

पर्यटन व्यवसायी पच्चबहादुर गुरुङले भने, ‘तीनदिन अघिसम्म केही पर्यटक होटलमा आएपनि सोयता व्यापार ठप्पै भएको छ ।’ यस वर्षको पर्यटनको याममा १० लाख आम्दानी भएको जनाउँदै उनले वर्षाभरि सोही रकमले घरखर्च चलाउने बताए। उनका अनुसार भदौ लागेपछि पुनः पर्यटक आगमन हुने र व्यापार व्यवसाय चलायमान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?