मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भिटामिनको पावर हाउस : हरियो मकै, पाइन्छ यति धेरै पौष्टिक तत्त्व

अहिले हरियो मकै खाने समय हो । पौष्टिक तत्त्वले भरपुर हरियो मकै स्वादमा पनि निकै मिठो हुन्छ । तर हरियो मकै एकदमै भ्रम सिर्जना गर्ने खालको खाना पनि मानिन्छ । किनकि धेरैलाई यसमा धेरै चिनीको मात्रा हुन्छ भन्ने छ । तर साँचो कुरा यो हो कि एक सय ग्राम मकैमा जम्मा ३ ग्राम मात्र सुगरको मात्रा हुन्छ । त्यसैले हरियो मकैलाई तपाईँले दिनहुँ आफ्नो खानपानमा ढुक्कसँग समावेश गर्न सक्नुहुन्छ । मकैको मुख्य फाइदा भनेकै यसमा उच्च मात्रामा फाइबर पाइन्छ । जो हाम्रो स्वास्थ्यका लागि एकदमै आवश्यक तत्त्व हो ।

यसले हाम्रो पाचन क्रियामा पनि एकदमै फाइदा गर्छ । जसले गर्दा मुटुको रोग, टाइप टु मधुमेह जस्ता रोगहरूबाट पनि बच्न सकिन्छ । त्यस्तै फाइबरले भोक लाग्न दिँदैन ।

जसले गर्दा तपाईँ छिटो छिटो खानुहुँदैन र तौल सन्तुलित बनाउन सहयोग गर्छ । हरियो मकैमा फोलेट पनि राम्रो मात्रामा पाइन्छ जसलाई भिटामिन बी ९ ले पनि चिनिन्छ । यसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । विशेषगरी गर्भावस्थाका महिलालाई यसले एकदमै फाइदा गर्छ ।

फोलेटले शरीरमा रक्त कोषिकालाई बढाउन मद्दत गर्छ साथै गर्भमा रहेको बच्चाको विकासका लागि पनि यो एकदमै आवश्यक हुन्छ । गर्भावस्थाको बेला दिनहुँ २०० माइक्रोग्राम भिटामिन बी ९ खानुपर्ने हुन्छ ।

तपाईँले १०० ग्राम मकै खानुभयो भने त्यसबाट नै ३५ माइक्रोग्राम भिटामिन बी ९ पाउन सक्नुहुन्छ । हरियो मकैलाई भिटामिन सी को पनि राम्रो स्रोत मानिन्छ । अथवा यसलाई भिटामिनको पावर हाउस नै भनीन्छ ।

यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने काम गर्छ । यो हरेक उमेर समूहका व्यक्तिले खान मिल्छ । यसलाई तपाईँ उसिनेर, पोलेर,भुटेर लगायत विभिन्न तरिकाले खान सक्नुहुन्छ ।

तर सबैभन्दा राम्रो तरिका हरियो मकै खाने भनेको उसिनेर नै हो । हरियो मकैमा पाइने अन्य तत्त्वमा म्याग्नेसियम र पोटासियम पनि पर्दछन् । म्याग्नेसियमले हाम्रो हड्डी तथा मसल्स बलियो बनाउँछ । त्यस्तै मेटाबोलिज्म बलियो हुँदा थकान कम हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?