मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिरो खस्दा सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

काठमाडौँ –अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

यो सडक खण्ड अन्तर्गत मकवानपुरको इन्द्र सरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठुलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीको भनाई छ। 

प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य बाटो प्रयोग गर्न भनेको छ।

बाटो सुचारु गर्न सडक डिभिजन कार्यालय मकवानपुर र इन्द्र सरोवर गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?