काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय उपाध्यक्षसहित चार जनालाई स्पष्टीकरण सोध्ने भएको छ ।
क्यानको बिहीबार बसेको बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको भन्दै स्पष्टीकरण सोध्न लागेको हो ।
उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दूर्गाराज पाठकसँगै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने भएको हो ।
उनीहरूमाथि महत्वपूर्ण पदमा भएर पनि आधारहिन कुराहरूको अन्तर्वार्ता एवं भ्रामक प्रचार गरी सामाजिक सञ्जालमा समेत सेयर गरेको आरोप छ ।
निर्णयमा भनिएको छ ‘जसले समग्र नेपाली क्रिकेटको सफलताका लागि एकजुट भएको अवस्थामा पनि संघसँग सम्बन्धित व्यक्तिहरूको विवादास्पद अभिव्यक्तिले गर्दा संघप्रति नकारात्मक सन्देश गएको संघले महसुस गरेकोले त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई संघको विधान बमोजिम स्पष्टीकरण सोधी आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय पारित गरियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया