मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तौल घटाउने बहानामा कतै तपाईँले पनि यस्ता गल्तीहरू त गरिरहनुभएको छैन ?

अहिलेका पुस्ताहरू पातलो शरीर राख्न रुचाउँछन् । अलिकति मात्रै तौल बढ्यो भने खाना नै नखाने गर्न थाल्छन् । थोरै खाने, भात त छुँदै नछुने, व्रत धेरै बस्ने, धेरै व्यायाम गर्ने गर्न थाल्दछन् ।

तर यसो गर्नु स्वास्थ्यको दृष्टिकोणले गलत हो । यसकारण आज हामी तौल घटाउने बहानामा हामीले गर्न नहुने गल्तीहरूको विषयमा जानकार गराउँछौ । 

खान छोड्ने

तौल घटाउँछु भनेर लामो समय भोक भोकै बस्नु बेकार छ । यसले तपाईँको मेटाबोलिज्मलाई सुस्त बनाउनुका साथै शरीर आलस्य हुने र बिरामी बनाउँछ ।

अत्यधिक व्यायाम

अत्यधिक व्यायामको परिणामले शरीरलाई घाइते बनाउँछ । किनकि अत्यधिक व्यायामले मुटुमा असर गर्न सक्छ । बरु हल्का दौडने, तौल घटाउने तालिम गर्दा शरीरलाई फाइदा हुन्छ ।

औषधी तथा पिल्स

सजिलै तौल घटाउन कहिलेकाहीँ हामीले औषधी तथा पिल्स खाने गर्छौ । तर, यसले तपाईँको स्वास्थ्यमा गम्भीर हानी गर्छ । सन्तुलित भोजन र व्यायामसँगै पोषणयुक्त खानेकुरा पनि शरीरलाई आवश्यक पर्छ ।

जबरजस्ती बान्ता गर्ने

केही व्यक्तिले आफूले मन लागेको खानेकुरा खाएर आफ्नो भोक मेटेपछि केही बेरमै जबरजस्ती मुखमा औँला कोचारेर बान्ता गरी क्यालोरी फालेको पनि पाइन्छ । यसले व्यक्तिमा गम्भीर मनोवैज्ञानिक असर पर्न सक्छ र झनै खन्चुवा स्वभावको बनाउँछ ।

पखाला लाग्ने औषधि

पाचन क्रियामा गडबडी गरी बारम्बार शौचालय जाने विधि धेरैले प्रयोग गरेका हुन्छ । तर औषधीको प्रयोगले पाचन प्रणालीलाई कमजोर पार्नुका साथै पेटसँग सम्बन्धित अन्य समस्या उत्पन्न हुन सक्छ ।

धूम्रपान

कोही कोहीले भोक दबाउन धूम्रपान गर्ने गर्छन् । धूम्रपानले दिमागको सङ्केतलाई अवरोध गरी भोक मार्ने गर्छ । त्यही भएर चुरोट खाने अधिकांश व्यक्तिलाई खाना छोडे पनि खासै असर पर्दैन । तर, लामो समयसम्म यस्तो गर्दा शरीरलाई हानी गर्नुका साथै क्यान्सरको जोखिम बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?