मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

ब्रम्हाण्डका अद्भूत तस्वीर खिच्ने ‘जेम्स वेब टेलिस्कोप’, यसले कसरी काम गर्छ?

काठमाडौँ– पछिल्लो समय मानव सभ्यतालाई खगोलविज्ञानको खोजी एवम् अध्ययनमा एकपछि अर्को सफलता हात लाग्दै आएको छ । अत्याधुनिक प्रविधिले खगोलको अध्ययनमा पुर्‍याएको योगदान पनि कम छैन ।

अत्याधुनिक प्रविधिमा आधारित रहेर निर्माण गरिएको संसारकै सबैभन्दा ठूलो जेम्स वेब स्पेस टेलिस्कोपले खगोलको अध्ययनमा नयाँ आयाम थपेको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका पूर्वप्रशासक जेम्स वेबको नामबाट यो टेलिस्कोपको नामकरण गरिएको हो । यो टेलिस्कोप सौर्यमण्डलबाट धेरै प्रकाशवर्षको दूरीमा अत्यन्त टाढा रहेका अनेक तारापुञ्ज (ग्यालेक्सी), ब्लाक होल, ग्रह, नक्षत्रहरुको उत्पत्ति, त्यसको विकासक्रम र भविष्य, ती खगोलीय पिण्डको आकार, त्यसमा रहेका पिण्डहरुको अवस्थितीबारे अध्ययन एवम् विश्लेषण गर्न पनि कोशेढुङ्गा साबित भएको छ ।

सन् २०२१ को क्रिसमस डेका दिन खगोलको अध्ययन गर्न गुयानाको अन्तरिक्ष केन्द्रबाट जेम्स वेब अन्तरिक्ष टेलिस्कोप अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको थियो । १० अर्ब डलर लागतमा निर्मित उक्त टेलिस्कोपले एकपछि अर्को गर्दै अन्तरिक्षका अद्भूत तस्वीरहरू पृथ्वीतर्फ पठाउँदै आएको छ ।

अमेरिका, युरोप र क्यानाडाका अन्तरिक्ष एजेन्सीले संयुक्त रुपमा अन्तरिक्षमा पठाएको जेम्स वेब टेलिस्कोपले १० वर्षसम्म ग्यालेक्सी, ग्रह, तारा, नेबुला, ब्लाक होलजस्ता आकाशीय पिण्डका अद्भूत तस्बिर पृथ्वीमा पठाउनेछ ।

२५ वर्ष लगाएर विकास गरिएको जेम्स वेबले पृथ्वीमा पठाएका खगोलीय पिण्डका अदुभूत तस्बिरहरु इन्टरनेटमा जताततै पाइन्छन् । हाल यो टेलिस्कोप पृथ्वीबाट १५ लाख किलोमिटरको दूरीमा रहेर ब्रम्हाण्डका अद्भूत तस्बिरहरु खिचिरहेको छ ।

यो टेलिस्कोपमा प्रयोग भएका षट्भुज आकारका ‘सेग्मेन्टेड पाराबोलिक रिफ्लेक्टर’ ऐनाहरुको कुल उचाइ दुईतले भवनजति रहेको नासाले जनाएको छ ।

मिड–इन्फ्रारेड प्रकाशमा रातो रंगलाई उच्च गुणस्तरमा परावर्तित गर्ने भएकाले ऐना राखिएको स्थानमा सुनको जलप लगाइएको छ । यो टेलिस्कोपमा प्रयोग भएको बेधशाला नै ८ मिटर अग्लो छ ।

सूर्यको किरणबाट जोगाउन ५ पत्रमा पट्याएर एउटा टेनिस कोर्टजत्रो रक्षाकवच पोतिएको छ । पृथ्वीमा यो टेलिस्कोपको तौल ६ हजार केजी अर्थात् एउटा वयस्क अफ्रिकी हात्तीको तौलजति हुन आउँछ । यो टेलिस्कोपमा मुख्य ४ वैज्ञानिक उपकरण जडान गरिएको छ ।

जेम्स वेबमा प्रयोग भएको टेलिस्कोपको फोकल लेन्थ मात्रै ४१४.४ फिट छ भने अप्टिकल रिजोलुशन ०.०७ आर्क प्रतिसेकेण्ड रहेको छ । यो टेलिस्कोप माइनस २३५ डिग्री सेल्सियस तापक्रम भएको वातावरणमा सञ्चालन हुन्छ ।

नासाका अनुसार जेम्स वेबमा नियर–इन्फ्रारेड क्यामेरा (निरक्याम), नियर–इन्फ्रारेड स्पेक्ट्रोग्राफ (निरस्पेक), नियर–इन्फ्रारेड इमेजर एण्ड स्लिटलेस स्पेक्ट्रोग्राफ (निरिस) र मिड–इन्फ्रारेड इन्स्ट्रुमेन्ट (मिरी) जडान गरिएको छ ।

यसमा जडान भएका यी उपकरणले अन्तरिक्षका विभिन्न पिण्डबाट उत्पन्न हुने प्रकाशलाई इन्फ्रारेड संसूचकमार्फत् दृश्यमा रुपान्तरण गर्दछन् । यो टेलिस्कोपले ०.६ देखि २७.९ माइक्रोनसम्मका प्रकाशलाई डिटेक्ट गर्नसक्ने नासाले जनाएको छ ।

हेर्नुस् रहस्यमयी तस्वीरहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?