मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीयाममा तीन घण्टाभन्दा बढी समयसम्म राखेर खाना नखानुहोस् 

यतिबेला मध्य असार चलिरहेको छ । पानी परिरहने समय हो यो । पानी पर्ने, घाम लाग्ने र पानी परे पश्चात्को रमाइलो र मनोरम दृश्य अवलोकन गर्न सकिने मौसम हो यो ।

पर्यावरणीय हिसाबले यो सिजन निकै राम्रो हो तर स्वास्थ्यका हिसाबले भने हामीले यो मौसममा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । यसकारण खानपानमा विशेष ध्यान दिन जरुरी छ ।

यो मौसममा एक पटक पकाएको खानेकुरा ३ घण्टाभन्दा बढी समयसम्म राखेर खानु हुन्न । 

वर्षायाममा तापक्रम घट्छ र हावामा अदृश्य जलवाष्पकोे मात्रा बढ्छ । यस्तो खालको वातावरणमा भाइरस, ब्याक्टेरिया र फङ्गस तीव्र गतिमा बढ्न थाल्छ । यही कारणले गर्दा यो मौसममा चिकित्सकहरूले सधैँ ताजा खाना खाने सल्लाह दिइन्छ ।

वर्षायाममा ३ घण्टाभन्दा बढी राखेको खानेकुरा खानु हुँदैन । यो मौसममा धेरै खानेकुराहरू छिट्टै बिग्रन्छ । खानेकुरा बिग्रिएको छ भने हामीलाई थाहा पनि हुँदैन ।

यस्ता खानेकुरा खाँदा पेटमा सङ्क्रमण फैलिन सक्छ । खाने बिग्रिएला भनेर हामी उब्रिएको खाना फ्रिजमा राखेर खान्छौँ । तर केही डाइटिसियनहरूले वर्षायाममा फ्रिजमा राखिएको खानेकुरा पनि सकेसम्म नखान सल्लाह दिन्छन् ।

बरु ताजा खानेकुरा खान भनिन्छ । मेटाबोलिजम सुधार गर्न हामीले तातो खाना खानुपर्छ । चिसो खाना स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?