काठमाडौँ– केही समययता नेपालको विभिन्न वेभसाइटहरु डाउन हुँदै आएको छ । कुनै दिन त मुलुकभरको सार्वजनिक निकायहरुको वेभसाइटहरु डाउन भएका थिए । यसले गर्दा सर्वसाधारण सेवा प्रवाहबाटसमेत बञ्चित हुन बाध्य भएका थिए ।
एक साइबर अनुसन्धानका अनुसार बंगलादेशीका ह्याकरले समय समयमा नेपालको विभिन्न वेभसाइट नियन्त्रण लिँदै आएको छ । बुधबार मात्रै सो ह्याकरले लोक सेवा आयोगको वेबसाइटलाई ह्याक गरी नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिइसके पछि सो ह्याकर समूहले आयोगको वेबसाइट आफ्नो कब्जामा रहेको दाबी समेत गरेका थिए ।
ह्याकरले नेपाली ह्याकरसँग बदला लिनको लागि वेवसाइट डाउन गर्ने काम गर्दै आएको बताएका छनु् । उनीहरुले ह्याक गरे पछि नेपाल सरकारलाई चुनौतीसमेत दिएको लेखेका छन् ।
यस समूहले केही समय अघि नेपाल बैंक लिमिटेड, डिल्ली बजारस्थित पद्मकन्या विद्याश्रमको लागि राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको एड्मिन पोर्टलको लिंक, तथा विभिन्न वेबसाइट डाउन गर्दै आएको छ ।
अनुसन्धानको अनुसार यी सबै डीडस आक्रमण हो । डीडस आक्रमण भनेको वेबसाइटमा अस्वाभाविक ट्राफिक ल्याएर साइड डाउन गर्ने काम हो । यी सबै नेपाली ह्याकरसँग बदला लिनको लागि सो समूहले गरेको आक्रमण हो ।
सो ह्याकर समूहले नेपालको रक्षा मन्त्रालयलाई समेत टार्गेटमा राखेको जनाइएको छ । ह्याकरले सरकारको संवेदनशील निकायलाई टार्गेटमा राखेकोले देशमा खतरा बढेको र सो जोगाउनका लागि समयमै निगरानी गर्न अनुसन्धानले अनुरोधसमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया