अचारको रूपमा धेरै जसो उपभोग गरिने पुदिनामा धेरै औषधीय गुणहरू समेत भएको हुन्छ । पेरिलिन, अल्कोहल र भिटामिन ’ए’ प्रशस्त मात्रामा पाइने हुँदा पुदिनाले हाम्रो स्वास्थ्यमा धेरै जस्तो फाइदा गर्ने बुझिएको छ ।
पुदिनामा क्यान्सरसँग लड्ने क्षमता हुन्छ । यसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ । शरीरभित्र भएको ब्याक्टेरियाको वृद्धिलाइ रोकेर हाम्रो शरीरलाई धेरै रोग लग्नबाट पुदिनाले हामीलाई बचाउने गर्छ ।
पुदिनाको पातलाई पिसेर त्यसको लेप अनुहार तथा शरीरमा भएको घाउ, खटिरा, एलर्जी, दागहरूमा लगाउने गर्दा घाउ, खटिरा, दाग, धब्बा निको हुनुका साथै मुहार सफा र चम्किलो पनि हुन्छ । साथै यसको पात पिसेर टाउको दुखेको बेलामा निधारमा लगाएमा यसले शीतलता प्रदान गरेर टाउको दुख्ने समस्याबाट पनि आराम पाइन्छ ।
निकै बाडुल्की लागेमा वा सास गनाउने समयमा भएमा पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउने गर्दा यस्तो समस्या हटाएर जान्छ ।
ज्वरो तथा रुघाखोकी लागेको बेला पुदिनाको पातलाई पानीमा उमालेर यसको रसको सेवन गर्दा फोक्सोमा जम्मा भएको कफ बाहिर निकालेर ज्वरो तथा रुघा समेत ठिक भएर जान्छ । पुदिनाले खाना पचाउन पनि मद्दत गर्छ ।
पुदिनाको चिया पिउने गर्दा यसले हाम्रो मोटो शरीरलाई निकै फाइदा पुग्ने हुन्छ । पानीमा २ ठुलो ओटा पुदिनाको पात वा पुदिनाको पातको धुलो हालेर १५ मिनेटसम्म उमाले पछि स्वाद अनुसार मह हाल्दा हाम्रो पुदिनाको चिया तयार हुन्छ । पुदिनाको चियाले शरीरलाई स्वस्थ्य राख्नुका साथै अनावश्यक तौल घटाउन पनि मद्दत गर्छ । पुदिनाको चियाले हाम्रो खानालाई छिट्टै पचाएर पेट सफा राख्छ ।
शरीरमा प्राकृतिक तरिकाले शरीरका मासंपेशी चल्ने भएकाले शरीरको बोसो पग्लेर तौल बिस्तारै आफै कम हुदै जान्छ । साथै यसको तेज बास्नाले भोकमा नियन्त्रण गर्नुका साथै गुलियो खाने इच्छा कम गर्छ । पुदिनाको चियाले शरीरमा रहेको सुगरको मात्रालाई पनि सन्तुलनमा राख्नुका साथै हाम्रो रक्तचापलाई नियन्त्रणमा राखेर हामीलाई रोगहरूबाट टाढा राख्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया