मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् राजमाको तरकारी खानुका फाइदा

 राजमा स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।

यसको सेवन प्राय मानिसहरूको घर- घरमा हुने गर्दछ । यसलाई गाउँ घरमा पनि सजिलै सँग रोप्ने गरिन्छ । यसको स्वाद निकै स्वादिलो हुने गर्दछ । यसलाई विभिन्न किसिमबाट पनि पकाएर खान सकिन्छ । जस्तै दाल गेडा कोसा राजमा गेडागुडीको राजा पनि भन्ने गरिन्छ ।

यो गेडागुडी भएकाले प्रोटिनको मात्रा उच्च रहेको हुन्छ । उच्च प्रोटिनको उच्च स्रोत भएकैले केटाकेटी, सुत्केरी र गर्भवती महिलालाई राजमा खुवाउनु फाइदाजनक मानिन्छ ।

धेरै व्यक्तिलाई थाहा समेत नभएको हुन्छ यसको सेवन गर्दा हाम्रो शरीरलाई कति फाइदा हुन्छ भनेर । राजमामा पाइने फाइबरले कोलेस्ट्रोल कम गराएर मुटु रोग हुनबाट जोगाउँछ ।

राजमामा पाइने फोलेट र म्याग्नेसियम नामक तत्त्वले पनि मुटुको क्रियामा मद्दत पुर्‍याएर मुटु स्वस्थ राख्न मद्दत गर्छ।राजमामा भएको भिटामिन वि मस्तिष्कको विकास र कार्यमा मद्दत पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?