मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केराको फूल अर्थात बुंगोका फाइदै फाइदा

केरा निकै मिठो र स्वास्थ्यको लागी गुणकारी फल हो । यसमा हाम्रो स्वास्थ्यको लागी आवश्यक ३ वटा प्राकृतिक सुगर पाइन्छ । ती हुन् ,सुक्रोज फ्रुकोज र ग्लुकोज । त्यस्तै केराको कोसा बाहेक यसको बुङ्गो पनि हाम्रो लागी फाइदाजनक हुन्छ ।

यसले स्वादमा मात्र नभई स्वास्थ्यका लागी पनि उत्तिकै उपयोगी काम गर्छ । बुङ्गोमा एन्टि अक्सिडियन्ट हुने हुँदा मुटुको समस्या ,क्यान्सर,बुढ्यौलीपन पनि कम गर्नका लागी सहयोग गर्छ ।

हामीले केराको बुङ्गोको विभिन्न परिकार बनाएर खाएमा पेट फुल्ने ,अपच हुने, दुख्ने र कब्जियतको समस्याबाट समेत बच्न सकिन्छ । त्यस्तै यसले मधुमेह र डिप्रेसन भएको व्यक्तिहरूको लागी एकदमै फाइदाजनक हुन्छ ।

किनभने केराको बुङ्गामा प्रशस्त मात्रामा म्याग्नेसियम र अनावश्यक इन्सुलिनको मात्रा घटाउने तत्त्व पाइन्छ । मिर्गौला र मूत्र प्रणालीलाई समेत फाइदाजनक हुन्छ । किनभने केराको बुङ्गामा आइरन, क्याल्सियम तथा कपर जस्ता तत्त्व प्रशस्त मात्रामा पाइन्छ ।

यदि केराको बुङ्गोलाई पकाएर दहीसँग खानाले शरीरमा प्रोजिस्ट्रान तह बढ्नेछ । त्यसका साथै अत्यधिक मात्रामा हुने ब्लिडिङ पनि कम हुन्छ । यो सुत्केरी तथा गर्भवती महिलाको लागि निकै फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?