तपाई हामीले खाने केकमा प्रयोग हुने बेकिङ सोडाका अन्य धेरै उपयोगिता छन् ।
विशेष गरी बेकिङ सोडा विभिन्न प्रकारका केक, मफिन र पाउरोटीहरूमा प्रयोग गरिन्छ । तर यसको प्रयोग बेकरी आइटममा मात्र नभई विभिन्न रोग निको पार्नमा समेत प्रयोग गर्न सकिन्छ ।
घाँटी खसखस
मनतातो पानीमा एक चम्चा बेकिङ सोडा हालेर मज्जाले फिट्ने र यसले कुल्ला गरेमा घाँटीको खसखस ठिक पार्छ ।
पत्थरी
पानीमा बेकिङ सोडा मिसाएर पिउँदा पत्थरी बन्नबाट रोक्न मद्दत गर्दछ ।
पेटको अम्ल हटाउँछ
बेकिङ सोडामा एन्टी–एसिड तत्व हुने भएकाले पानीमा हाल्दा फोका बन्छन् र यसलाई पिउँदा फुलेको पेट निको हुन्छ ।
शरीरका गाँठा
शरीरमा परेका गाँठा पानीमा बेकिङ सोडा मिसाएर लगाउँदा हटेर जान सक्छ ।
कीराले टोकेको
कीराले टोकेमा छाला नकन्याइ पानीमा बेकिङ सोडा हालेर टोकेको भागमा दल्दा लाभ मिल्दछ ।
हात धुन
साबुनले हात धुनु भन्दा बेकिङ सोडाले धुँदा यसले हातको मैलो हटाउने मात्र नभई डियोडोराइज पनि गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया