मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बन्द हुँदै भारतीय ट्विटर भनेर चिनिने सामाजिक सञ्जाल  ‘कू’ 

काठमाडौँ – भारतीय ट्विटर भनेर चर्चित सामाजिक सञ्जाल स्टार्टअप कू बन्द हुने भएको छ । कम्पनीका सह–संस्थापक अप्रमेय राधाकृष्णनले लिङ्क्डइन मर्फत यसको खुलासा गरेका हुन्।

अप्रमेय राधाकृष्णन र मयंक बिडवात्काले २०१९ मा कू शुरु गरेको यो सामाजिक सञ्जाल मार्च २०२० मा लन्च भएको थियो।

साझेदारी सम्बन्धमा हाम्रा निरन्तर वार्ताहरू असफल भएका कारण बन्दको निर्णयमा पुग्नु परेको राधाकृष्णले लिङ्क्डइनमा पोस्ट गर्दै लेखेका छन् । 

 डेलीहन्ट लगायतका विभिन्न कम्पनीहरूसँग कूको बिक्री वा मर्जरबारे केही समयदेखि वार्ता चलिरहेको थियो। वार्ता सफल नभएपछि कम्पनीका संस्थापकले कू बन्द गर्ने निर्णय गरेका छन्।

अप्रमेया राधाकृष्णले एप चलाउन चाहेको तर सामाजिक सञ्जाल एप चलाउनको लागि प्रविधि सेवाको लागत निकै महँगो भएकाले यो निर्णय लिनुपरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?