कोलेस्ट्रोल एक प्रकारको चिल्लो पदार्थ हो, जुन रगतमा पाइन्छ । कलेजोमा उत्पादन हुने यो कोलेस्ट्रोलले शरीरका कोशिकालाई बिग्रिनबाट जोगाउँछ ।
कोलेस्ट्रोलले शरीरमा हार्मोन र भिटामिन निर्माणमा पनि सहयोग गर्छ । कोलेस्ट्रोल हाम्रो शरीरमा आफैँ पनि बन्छ साथै खानाबाट पनि प्राप्त हुन्छ ।
यदि हाम्रो शरीरमा प्रोटिनको परिणाम २०० एमजी परडिएल भन्दा बढी भयो भने त्यसलाई उच्च कोलेस्ट्रोलको संज्ञा दिइन्छ । बढ्दो उमेरसँगै कोलेस्ट्रोल पनि बढ्दै जान्छ ।
कोलेस्ट्रोलमा चिल्लो पर्दाथले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यसैले हामीले खानेकुराहरू खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । कोलेस्ट्रोल भएको व्यक्तिले यस्ता खानेकुरा खानुपर्छ ।
विभिन्न फलफूलमा हुने एन्टिअक्सीडेन्ट सस्टेन्टले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ ।
कोलेस्ट्रोलको समस्या भएका व्यक्तिले मनोअनस्याचुरेट फ्याटि एसिडलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । प्रशस्त सागपात र फलफूललाई खानामा समावेश गर्दा कोलेस्ट्रोल घटाउन सकिन्छ ।
कोलेस्ट्रोलको समस्या भएको व्यक्तिलाई अण्डा खान दिन हुँदैन । तर कतिपय रिसर्चले अण्डा खान मिल्ने जनाएको छ । कोलेस्ट्रोल भएको व्यक्तिले दैनिक अण्डा खाँदा सेतो भाग मात्र खानुपर्ने हुन्छ । कोलेस्ट्रोल हुन नदिनका लागि समयमा नै विभिन्न कुरामा ध्यान दिनुपर्छ ।
तौल सीमित गर्ने फ्याट भएको खानेकुरा ठिक्क मात्रामा सेवन गर्ने, शारीरिक क्रियाकलाप गर्ने, शारीरिक व्यायाम गर्ने, फाइबरयुक्त खानेकुरा प्रशस्त मात्रामा भोजनमा समावेश गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया