काठमाडौं – आज २०८१ साल असार २० गते बिहीबार सन् २०२४ जुलाई ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बुधबार यूरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको थियो । बिहीबार भने अमेरिकी डलर, बेलायती पाउण्ड र यूरो बढ्दा कतारी रियालको विनिमयदर स्थितर रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ४७ पैसा र बिक्री दर १४४ रुपैयाँ ११ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३३ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया