मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहान किन पिउने मरीच चिया ?

हामी हरेक बिहान चिया पिउने गर्छौ । कोहि दुध हालेको चीया खान्छौ कोहि कालो चीया खान रुचाउँछौ, कोहि ग्रिन टि त कोहि मसला चिया । तर स्वास्थ्यका हिसाबले कुन चीया सबैभन्दा उपयुक्त हुन्छ त भन्ने कुरा पनि आउँछ ।

अस्वस्थ आहारविहार, मद्यपान र धुम्रपानका कारण शरीरमा फ्री रेडिकलहरूको मात्रा बढिरहेको हुन्छ । शरीरमा यस्ता रेडिकलहरूको मात्रा बढ्दै गएपछि यसले कोशिकाहरूलाई क्षति पुर्या‍उने, छिट्टै बुढो देखिने र हृदय रोग, क्यान्सर, गठिया, दम र मधुमेह जस्ता जटिल स्वास्थ्य समस्याहरूको खतरा बढ्दै जान्छ ।

आधुनिक विज्ञानले यस्ता फ्रि रेडिकलहरूलाई नियन्त्रण गर्न मरिचमा पाइने पिपेरिडिन अत्यन्तै उपयोगी रहेको कुरा पुष्टि गरेको छ ।

मरिच एक सुगन्धित, उत्तेजक र स्फूर्तिदायक पदार्थ हो जसमा ५ देखि ९ प्रतिशत सम्म पिपेरीन, पिपेरिडीन र चैविसीन नामक ऐल्केलायडहरू पाइन्छन्।


आज हामी कुरा गर्दैछौ मरिच चियाको फाईदाहरुको विषयमा

भिटामिन ए, भिटामिन सी, भिटामिन के, फाइबर, आइरन, पोटाशियम, म्याग्नेशियम, म्याग्नीज र जिंक जस्ता जरुरी पोषक तत्वले भरपूर कालो मरिच स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।

यसको चिया बनाएर पिउँदा विभिन्न प्रकारका रोगको जोखिम पनि कम हुन्छ । मरिचमा भिटामिन सी र एन्टीअक्सीडेन्ट भरपूर मात्रामा हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यसमा हुने एन्टीब्याक्टेरियल गुणले तपाईंलाई भाइरस र ब्याक्टेरिया बाट पनि बचाउँछ ।

कालो मरिचमा हुने पिपरीनले पाचनतन्त्रलाई राम्रो बनाउँछ । यसले पेटमा ग्यास, कब्जियत र अपच जस्ता समस्याबाट राहत दिन्छ । कालो मरिचको चियामा एन्टी ओबेसिटी प्रभाव पाइन्छ, त्यसैले यसले मेटाबोलिज्मलाई बुस्ट गर्छ ।

यो तौल कम गर्न पनि सहयोगी हुन्छ । यसमा पोटाशियम पाइन्छ, जसले रक्तचापलाई नियन्त्रणमा राख्दछ । यसलाई पिउँदा शरीरमा खराब कोलेस्ट्रोल कम हुन्छ । यसमा हुने एन्टीब्याक्टेरियल गुणले संक्रमणबाट जोगाउँछ ।

बदलिँदो मौसममा हुने रुघाखोकीबाट राहत पाउनका लागि यसको चिया पिउन सक्नुहुन्छ । साथै यसमा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट हुने भएकाले छालालाई फ्री रेडिकल्सबाट जोगाउँछ । यसले छालालाई स्वच्छ र चम्किलो बनाइराख्न सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?