मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, कसले जित्ला उपाधि ?

काठमाडौं- जर्मनीका १० शहरमा जारी युरोकप २०२४ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ को पछिल्लो खेलमा उपाधि दाबेदार मानिएको अस्ट्रियालाई टर्किएले २–१ गोलअन्तरले पराजित गरेसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

यसअनुसार क्वार्टरफाइनलको पहिलो खेलमा स्पेनले आयोजक जर्मनीको सामना गर्नेछ । समूह एको शीर्ष स्थानमा रहँदै जर्मनीले नक आउट चरण प्रवेश गरेको थियो । समूह चरणमा जर्मनीले स्कटल्याण्ड र हङ्गेरीलाई पराजित गर्दा स्विट्जरल्याण्डसँग भने १–१ गोलको बराबरी खेलेको थियो । राउण्ड अफ १६ मा जर्मनीले डेनमार्कलाई २–० गोलअन्तरले पराजित गर्‍यो ।

उता स्पेन भने समूह बीको शीर्ष स्थानमा रहेको टोली हो । समूह चरणमा स्पेनले इटाली, क्रोएशिया र अल्बानियालाई पाखा लगाएको थियो । राउण्ड अफ १६ मा स्पेनले जर्जियालाई ४–१ गोल अन्तरले हरायो । स्पेन र जर्मनीबीचको खेल नेपाली समयअनुसार आगामी शुक्रबार पौने १० बजे स्टुटगार्टको एमएचपीएरिनामा शुरु हुनेछ ।

त्यसैगरी, क्वार्टरफाइनलको दोस्रो खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलर केलिएन एम्बाप्पेको फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगल समूह एफको विजेता बन्दा टर्किए र चेकियालाई पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा भने पोर्चुगल जर्जियासँग २–० गोलअन्तरले पराजित भएको थियो । राउण्ड अफ १६ मा पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी शुटआउटमा ३–० गोलअन्तरले पराजित गरेको थियो ।

उता फ्रान्स भने समूह डीको उपविजेता बनेको थियो । समूह चरणमा फ्रान्सले अस्ट्रियालाई १–० गोलअन्तरले हराएको थियो । समूह चरणका अन्य खेलमा भने फ्रान्सले नेदरल्याण्ड्ससँग गोलरहित बराबरी खेलेको थियो भने पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । राउण्ड अफ १६ मा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

नेपाली समयअनुसार आगामी शनिबार सबेरै पौने १ बजे शुरु हुने यो खेल हामबर्गमा रहेको भोल्क्सपार्कस्टाडियोनमा आयोजना हुनेछ ।

क्वार्टरफाइनलको तेस्रो खेलमा भने इङ्ग्ल्याण्ड र स्विट्जरल्याण्डबीच खेल हुनेछ । समूह सीको शीष स्थानमा रहँदै इङ्ग्ल्याण्डले राउण्ड अफ १६ को यात्रा तय गरेको थियो ।

समूह चरणमा इङ्ग्ल्याण्डले सर्बियालाई पराजित गरेको थियो भने डेनमार्क र स्लोभेनियासँग बराबरी खेलेको थियो । राउण्ड अफ १६ मा भने इङ्ग्ल्याण्डलाई स्लोभाकियालाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

उता स्विट्जरल्याण्ड भने समूह एको दोस्रो स्थानमा रहेर राउण्ड अफ १६ पुगेको टोली हो । समूह चरणमा स्विट्जरल्याण्डले हङ्गेरीलाई पराजित गरेको थियो भने जर्मनी र स्कटल्याण्डसँग बराबरी खेलेको थियो ।

राउण्ड अफ १६ मा स्विट्जरल्याण्डले इटालीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । इङ्ग्ल्याण्ड र स्विट्जरल्याण्डबीचको खेल नेपाली समयअनुसार शनिबार पौने १० बजे डसेलडर्फमा रहेको मेर्कुर स्पिल एरिनामा आयोजना हुनेछ ।

क्वार्टरफाइनलको अन्तिम खेलमा भने नेदरल्याण्ड्स र टर्किएबीच खेल हुनेछ । समूह डीको तेस्रो स्थानमा रहँदै नेदरल्याण्ड्सले नक आउट चरणमा प्रवेश गरेको थियो । समूह चरणमा नेदरल्याण्ड्सले पोल्याण्डलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै, फ्रान्ससँग गोलरहित बराबरी खेलेको नेदरल्याण्ड्सले अस्ट्रियासँग भने ३–२ गोल अन्तरले पराजय व्यहोरेको थियो । राउण्ड अफ १६ मा भने नेदरल्याण्ड्सले रोमानियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै, टर्किए भने समूह एफको दोस्रो स्थानमा रहँदै नक आउट चरणमा प्रवेश गरेको हो । समूह चरणमा टर्किएले जर्जिया र चेकियालाई पराजित गरेको थियो भने पोर्चुगलसँग पराजय व्यहोरेको थियो ।

राउण्ड अफ १६ मा भने टर्किएले अस्ट्रियालाई पराजित गरेको थियो । टर्किए र नेदरल्याण्ड्सबीचको खेल नेपाली समयअनुसार आइतबार सबेरै पौने १ बजे बर्लिनको ओलम्यिास्टाडियोनमा शुरु हुनेछ ।

युरो कपको सेमिफाइनलका खेलहरु भने जुन १० र ११ का दिन आयोजना हुनेछ । फाइनल १५ जुनलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?