काठमाडौँ – सलोन सलिना फिल्म्सको प्रस्तुतिमा निर्माणको हुन लागेको डकु ड्रामा ‘हामी छौँ – सीजन १)’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ ।
सार्वजनिक दुईमध्ये एक पोस्टरमा डकु ड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् ।
पोस्टरमा सलिनाले आफ्नो चप्पललाई काँधमा लौरोको सहारामा अड्याएकी छिन् भने आर्यनले पनि त्यसैगरी जुत्तालाई लौरोमा राखेर काँधमा अड्याएका छन् । कुनै एक खोलामा उनीहरूलाई प्रफुल्लित मुद्रामा देख्न सकिन्छ ।
त्यस्तै, अर्को पोस्टरमा सलिना र आर्यनलाई मोटरसाइकलको अगाडि बसेको र त्यसकै छेउमा रोपाइँमा रमाएको देख्न सकिन्छ । पोस्टरमा डकु ड्रामामा खिचिएका दृश्यहरूको स्टिल तस्वीरलाई समेत स्थान दिइएको छ । पोस्टरका तस्वीरमा ग्रामीण जनजीवनलाई देख्न सकिन्छ ।
यो डकु ड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् भने आगामी दशैँमा ओटिटी प्लेटफर्मबाट रिलिज गर्ने निर्माताको तयारी छ ।
७ एपिसोडको हुने यस डकु ड्रामामा सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा रहने छन् । त्यस्तै डकु ड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायतको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया