मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डकु ड्रामा ‘हामी छौँ (सीजन १)’ का दुई पोस्टर सार्वजनिक

काठमाडौँ– डकु ड्रामा ‘हामी छौँ (सीजन १)’ का दुई पोस्टर सार्वजनिक भएका छन् । सलोन–सलिना फिल्म्सको प्रस्तुतिमा निर्माणको घोषणा गरिएको सो डकु ड्रामा दुई पोस्टर सार्वजनिक भएका हो ।

प्रस्तुतकर्ता शोभित बस्नेत रहने सो डकु ड्रामा आगामी दशैँमा ओटिटी प्लेटफर्मबाट रिलिज हुने छ ।

सार्वजनिक भएको एक पोस्टरमा प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड रहेका छन् । पोस्टरमा सलिनाले आफ्नो चप्पललाई काँधमा लौरोको सहारामा अड्याएकी छिन् भने आर्यनले पनि त्यसैगरी जुत्तालाई लौरोमा राखेर काँधमा अड्याएका छन् । कुनै एक खोलामा उनीहरुलाई प्रफुल्लित मुद्रामा देख्न सकिन्छ ।

त्यस्तै, अर्को पोस्टरमा सलिना र आर्यनलाई मोटरसाइकलको अगाडि बसेको र त्यसकै छेउमा रोपाईमा रमाएको देख्न सकिन्छ । पोस्टरमा डकु ड्रामामा खिचिएका दृश्यहरुको स्टिल तस्वीरलाई समेत स्थान दिइएको छ । पोस्टरका तस्विरमा गाम्रीण जनजीवनलाई देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?