काठमाडौँ – केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले मुखमा ‘कालो टेप’ लगाएर विरोध जनाएका छन्।
उनले आज बिहान पार्टीको केन्द्रीय कार्यालय,चःमति, वनस्थलीमा बसेको बैठकमा बैठकमा महामन्त्री ढकाल मुखमा मास्क र त्यस बाहिरबाट ‘कालो टेप’ लगाएर उपस्थित भएका हुन्।
आज बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन् ।
आज जारी नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता समीकरण, आफू सरकार बाहिर रहने कुरा र महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको छ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आन्तरिक विरोध चर्किन थालेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया