काठमाडौँ – कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् ।
बुधबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा कोलम्बिया र ब्राजिल १-१ गोलको बराबरीमा रोकिएसँगै समूह डी बाट दुवै क्वाटरफाइनलमा पुगेका हुन् ।
यस खेलमा ब्राजिलले खेलको १२औँ मिनेटमा राफिन्हाको गोलमा शुरुवाती अग्रता लिए पनि खेलको ४५औ मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोको गोलमा कोलम्बियाले बराबरी गरेको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।
यो बराबरीपछि समूह डी मा कोलम्बिया २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै ब्राजिलको ३ खेलमा एक जित र २ बराबरीसहित ५ अंक रहेको छ र दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ ।
समूह डी मा रहेका कोस्टा रिका र पराग्वे भने समूह चरणबाटै बाहिरिएका छन् ।
अब क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया