काठमाडौँ – विद्यार्थीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वेबसाइट सार्वजनिक गरेको छ ।
‘करिअर काउन्सिलिङ’ नामक यो वेबसाइटमार्फत विद्यार्थीको रुचि अनुसारको विभिन्न क्षेत्रको जानकारी दिने मन्त्रालयले जनाएको छ ।
यस वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टा छुट्टै ट्याबमा राखिएको मन्त्रालयले जनाएको छ । जसमा आवश्यक स्रोत साधन राखिएको छ ।
मन्त्रालयका अनुसार छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकै ठाँउबाट सार्वजनिक गर्ने बताइएको छ।
यसअघि करियरका कुरा नामक संवाद कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले यो वेबसाइटले सोही कुरालाई प्रवर्द्धन गर्ने विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया