मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कलेजो सफा पार्न खानुहोस् यस्ता खानेकुरा

कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो । कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्त्वहरू बनाउँछ ।

कलेजोको मुख्य काम भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो । केही हानिकारक कुरा खाइएमा त्यसलाई फाल्ने काम पनि कलेजोले गर्छ । तर हामीले हाम्रो कलेजो सफा बनाउन हाम्रो खानपानमा ध्यान दिन आवश्यक छ । आउनुहोस् आज हामी कलेजो सफा पार्ने खानेकुराहरूको विषयमा जानकारी गराउँछौ । 

लसुन

लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ । यसले गर्दा कलेजो सफा गर्न सहयोग पुग्छ ।

अङ्गुर

अङ्गुरमा भिटामिन सी र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रूपमा सफा पार्छ । एक गिलास अङ्गुरको रसले कलेजोलाई विषाक्त मुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ । 

चुकन्दर र गाजर 

यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ । त्यसैले चुकन्दर र गाजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ ।

स्याउ

स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।

दालचिनी

यसमा ग्लूकोज र फ्रक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।

बन्दागोभी

बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।

कागती

कागतीमा साइट्रिक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।

प्याज

प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। यसमा अधिक मात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुई वटा प्राकृतिक तत्त्वले कलेजोलाई सफा पार्छ ।

ग्रीन टी

यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो । यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ। ग्रीन टी स्वादिष्ट मात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ । तर ख्याल गर्नुहोला एकै पटक धेरै ग्रीन टी पिउनु हुँदैन ।

हरिया सागसब्जी 

कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थमा हरिया सागसब्जी पनि पर्छन्। काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ। यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ।

एभोकाडो

पोषकतत्वले भरपुर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ ।

बेसार

बेसारले पनि शरीरबाट विषाक्त पदार्थ हटाउन कलेजोलाई  सहयोग गर्छ । यसले शरीरबाट कार्सियोजेन्स हटाई क्यान्सर लाग्ने सम्भावनालाई पनि न्यून गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?